नेपाललाई पहिलो झट्का, कुशल शून्यमा आउट

डिसी नेपाल
१७ फागुन २०७६ १४:१४

काठमाडौं। शनिबारदेखि थाइल्यान्डमा सुरु भएको एसिसी इस्टर्न रिजन ट्वान्टी-२० कप क्रिकेटको आफ्नो पहिलो खेलमा मलेसियाविरुद्ध १ सय ५५ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले ओपनर कुशल मल्ललाई शून्यमा गुमाएको छ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो।

१ सय ५५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालका एक ओपनर कुशल २ बलको सामना गरेर खाता खोल्न नपाउँदै पवनदिप जगजित सिंहको बलमा अहमद फैज मोहमद नुरको हातबाट क्याच आउट भए।

२ ओभरको खेल सकिँदा अहिले नेपालका लागि क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल ११ तथा पूर्व कप्तान पारस खड्का ६ रन बनाएर खेलिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.