पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु
(200228) -- SUKKUR (PAKISTAN), Feb. 28, 2020 (Xinhua) -- Rescuers work on the accident site in Sukkur district, Sindh province, Pakistan, on Feb. 28, 2020. Death toll of the collision between a train and a passenger bus in Sukkur district of Pakistan's southern Sindh province has risen to 30 late Friday night, an official said. (Str/Xinhua)
इस्लामाबाद। पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताएका छन् । यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
प्रहरी निरिक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रुवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र शहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो ।







डिसी नेपाल








Facebook Comment