५५ वर्षका बेलायती प्रधानमन्त्रीले गरे इंगेजमेन्ट, गर्भवती छिन् २४ वर्ष कान्छी गर्लफ्रेण्ड

डिसी नेपाल
१८ फागुन २०७६ ११:१५

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेण्डसँग इंगेजमेन्ट गरेका छन् । ५५ वर्षका जोनसनले ३१ वर्षकी गर्लफ्रेण्ड क्यारी सिमंडससँग शनिबार राती इंगेजमेन्ट घोषणा गरेका हुन् । यसका साथै उनीहरुले आफूहरु यही वर्ष मातापिता बन्न लागेको समेत जानकारी दिए । बोरिस र क्यारीको सम्बन्ध बोरिस प्रधानमन्त्री बन्नुभन्दा अगाडिदेखिकै हो ।

बच्चा जन्मिनुभन्दा अगाडि नै यी दुईले बिहे गर्ने बताइएको छ । बेलायती मिडियाका अनुसार २५० वर्षको इतिहासमा बहालवाला प्रधानमन्त्रीले बिहे गर्न लागेको यो पहिलो पटक हो । यससँगै बेलायतको इतिहासमा पदमा बहाल रहेकै बेला सम्बन्धविच्छेद र बिहे दुवै गर्ने बोरिस एकमात्र प्रधानमन्त्री बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.