७ तस्वीरमा हेर्नुहोस् मन्त्रीकी छोरीको भव्य बिहेको तयारी, १ लाख पाहुना ८ अर्ब खर्च हुने
काठमाडौं। बिहेमा ठूलो खर्च गरेका कारण कहिलेकाहीँ नेताहरु आलोचनाको शिकार हुने गरेका छन् । यही बीचमा छिमेकी देश भारतमा भने एक मन्त्रीले निकै भव्य रुपमा छोरीको बिहे गर्ने तयारी गरिरहेका छन् । कर्नाटक राज्यमा प्रधानमन्त्रीको पार्टी भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा मन्त्री बी श्रीरामलुलु बिहेमा खर्चको इतिहास बनाउन गइरहेका छन् । उनकी छोरी रक्षिताको यही मार्च ५ मा बिहे हुँदैछ ।

नवभारत टाइम्सका अनुसार स्वास्थ्य मन्त्री बी श्रीरामलुलुकी छोरी रक्षिताको बिहे हैदराबादका उद्योगपति रवि कुमारसँग ५ मार्चमा हुँदैछ । ९ दिनसम्म चल्ने यो भव्य बिहेको कार्यक्रम २७ फेब्रुअरीमा भइसकेको छ । यो बिहे यो दशककै सबैभन्दा भव्य बिहे हुने बताइएको छ । यसअघि २०१६ मा जी जनार्दन रेड्डीले आफ्नी छोरी ब्राह्मणीको बिहेमा गरेको खर्च सबैभन्दा भव्य बिहेको रेकर्ड थियो । अहिले उनै जी जनार्दन रेड्डीले आफ्ना मित्र बी श्रीरामलुलुलाई छोरीको बिहेमा सहयोग गरिरहेका छन् ।

यो भव्य बिहेमा ५ सय पुजारी हुनेछन् । ती पण्डितहरुलाई बस्नको लागि बैंगलुरुमा विशेष व्यवस्था गरिएको छ । श्रीरामलुलुनिकट कोही पनि व्यक्ति यो बिहेमा हुने खर्चको बारेमा कुरा गरिरहेका छैनन् । तैपनि विश्वस्त सूत्रका अनुसार यो बिहेमा हुने खर्च जनार्दन रेड्डीकी छोरीको बिहेमा हुने खर्च भन्दा धेरै हुने बताइएको छ । २०१५ मा अवैध उत्खनन केसमा पक्राउ परेका जनार्दन रेड्डीले जमानतमा रिहा भएपछि अर्को वर्ष छोरीको बिहे गरिदिएका थिए जसमा ५ सय करोड भारु खर्च भएको थियो ।

रक्षिताको बिहेका लागि १ लाख विशेष कार्ड बनाइएका छन् । यी कार्डमा स्वास्थ्यको विशेष ख्याल राखिएको छ । निमन्त्रणा पत्र भित्र केसर, इलायची, सिन्दूर, बेसार उापडर र अक्षता राखिएको छ । श्रीरामलुलुले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, पार्टीका अन्य शीर्ष नेताहरु तथा कर्नाटकका नेताहरुलाई व्यक्तिगत रुपमा निमन्त्रणा दिएका छन् । यो बिहे प्यालेस ग्राउण्डमा हुनेछ जो करिब ४० एकड क्षेत्रफलमा फैलिएको छ । यसमा २७ एकड क्षेत्रफलमा बिहे हुनेछ । बाँकी क्षेत्र पार्किङको लागि राखिएको छ ।

विगत ३ महिनादेखि मजदूरहरु यो बिहेको लागि भव्य सेट बनाइरहेका छन् । यो सेट हम्पी विरुपाक्ष मन्दिर सहित कैयौं मन्दिरको डिजाइनमा बनाइएको छ । सेट मात्र ४ एकड क्षेत्रफलमा फैलिएको छ । ५ मार्चमा जहाँ बिहे हुनेछ त्यसलाई मांड्याको मेलुकोटे मन्दिरको डिजाइनमा बनाइएको छ । २ सय मजदूर केवल फूल सजाउनको लागि लगाइएको छ । बलिउडबाट पनि आर्ट डाइरेक्टर बोलाइएका छन् । एक अर्को सेट बेल्लारीमा बनाइँदैछ जहाँ बिहेपछि रिेप्सन हुनेछ ।

श्रीरामलुलुले आफ्नी छोरीलाई सजाउनको लागि बलिउड सुपरस्टार दीपिका पादुकोणका मेकअप आर्टिस्ट बोलाएका छन् । यसका अलावा फोटो र भिडियोग्राफीको लागि जयरामन पिल्लइ र दिलिपको टिम बोलाइएको छ । यही टिमले मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बिहेको फोटोग्राफी र भिडियोग्राफी गरेको थियो । रक्षिताले बिहेका दिन लगाउने पहिरन सानिया सरदारियाले डिजाइन गरेकी छिन् । बेहुलाका परिवार र अतिथिहरुका लागि फाइभ स्टार होटलका कुक बुक गरिएका छन् । एक हजार सेफहरुले पाहुनाहरुका लागि उत्तरी कर्नाटकमा प्रसिद्ध परिकार बनाउनेछन् । पाहुनाका लागि विशेष डाइनिङ हल बनाइएको छ जहाँ एकैपटक ७ हजार जनाले खाना खान सक्छन् ।

कर्नाटकमा भारतीय जनता पार्टीका दलित अनुहारका रुपमा रहेका ४६ वर्षका बी श्रीरामलुलु पार्टीका लागि संकटमोचकको रुपमा चिनिन्छन् । जी जनार्दन रेड्डी र बी श्रीरामलुलुको जोडीले कर्नाटकमा असम्भव मानिएको बीजेपीको रकारलाई सम्भव बनाएका हुन् । वाल्मिकी समुदायका नेता श्रीरामलुलुले आफ्ना साथी जनार्दन रेड्डीसँग मिलेर कांग्रेस र जेडिएसको खेमाका विधायकलाई फुटाएर बीएस यदियुरप्पाको नेतृत्वमा सरकार बनाएका थिए । सरकार गठनपछि श्रीरामलुलुलाई स्वास्थ्य मन्त्री बनाइयो ।







डिसी नेपाल








Facebook Comment