निर्भया केसः भोलि बिहान फाँसी आज सुनुवाइ, के फाँसी रोकिने सम्भावना बाँकी छन् ?

डिसी नेपाल
१९ फागुन २०७६ १०:५०

नयाँ दिल्ली। दिल्लीको बहुचर्चित निर्भया बलात्कार तथा हत्या केसका ४ जना दोषीहरुलाई फाँसी दिनको लागि निर्धारित मिति नजिकिइसकेको छ । पछिल्लो पटक भोलि बिहानका लागि फाँसीको समय तोकिएको छ । भोलि बिहान फाँसी दिन सकिने कि नसकिने ? यस विषयमा आज सर्वोच्च अदालत र दिल्ली हाइकोर्टले फैसला सुनाउँदैछन् । निर्भयाका ४ दोषीमध्ये एक पवन कुमारले गत शुक्रबार सर्वोच्च अदालतमा याचिका दायर गरेर मृत्युदण्डलाई आजीवन कारावासको सजायमा बदल्न माग गरेपछि आज सुनुवाइ हुन लागेको हो ।

यससँगै चारै जना दोषीको तर्फबाट उनीहरुको शारीरिक र मानसिक स्थितिबारे बुझ्न मानवअधिकार आयोगलाई निर्देशन दिन माग गर्दै शनिबार दिल्ली हाइकोर्टमा पनि याचिका दायर गरिएको छ । यी दुवै याचिकामाथि आज सुनुवाइ हुन लागेको हो । यसका अलावा फाँसीका स्टे अर्डरको आग गर्दै दिइएको आवेदनमा पनि आज सुनुवाइ हुन सक्छ । सर्वोच्च अदालत र दिल्ली हाइकोर्टका अलावा आज यो केसमा पटियाला हाउस कोर्टमा पनि सुनुवाइ हुँदैछ । यो केसमा ४ दोषीहरुमध्ये पवन कुमार मात्र एक त्यस्ता दोषी हुन् जोसँग कानुनी विकल्प बाँकी छ । अन्य ३ जनाका सबै कानुनी विकल्प खारेज भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.