‘सेन्टी भाइरस’को ९ दिनको ब्यापार ४ करोड

डिसी नेपाल
१९ फागुन २०७६ ११:४५

काठमाडौं। फागुन ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ले ९ दिनमा ४ करोड बढीको ब्यापार गरेको छ।

निर्माण टिमले आइतबार काठमाडौंमा पत्रकार भेटघाट गरी दोस्रो साताको शनिबारसम्म आईपुग्दा चलचित्रले ४ करोड ८ लाखको व्यापार गरेको जानकारी दिएको हो।

चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार सिताराम कट्टेल र वितरक गोविन्द शाहीले व्यापारिक रिपोर्ट सार्वजनिक गरेका हुन्। चलचित्रले उपत्यकामा २ करोड १० लाख ३ हजार र मोफसलमा १ करोड ९० लाख ५ हजारको व्यापार गरेको वितरक गोविन्द शाहीले बताए। उनले दोस्रो सातामा पनि दर्शकको उत्साहजनक उपस्थिती रहेको बताए।

कलाकार तथा प्रस्तुतकर्ता सिताराम कट्टेलले चलचित्रले लगानी सुरक्षित गरेको बताए। कट्टेलले २ करोड ८५ लाख लागतमा चलचित्र निर्माण भएको बताउँदै विदेश राइटस १ करोड १५ लाख तथा डिजिटल राइट्स ४५ लाखमा विक्रि भएको जानकारी दिए।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतको अभिनय छ।
हलमा कस्तो छ ‘सेन्टी भाइरस’ ? ‘धुर्मुस’ भन्छन् : दर्शकको माया पाईरहेका छौं




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.