दलित भएकै कारण घरबेटीले कोठा छोड्न दबाब दिएको विद्यार्थीहरुको आरोप
काठमाडा । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीलाई दलित भएकैकारण घरबेटीले घर छोड्न दबाव दिएको आरोप लागेको छ । रिपोर्टर्स क्लवमा कार्यक्रम गर्दै पिडित विद्यार्थीले यस्तो आरोप लगाएका हुन् ।
कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरुलाई दलित भन्दै घरबेटीले अपमान गरेको उनीहरुको गुनासो छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–१० मा रहेको श्रीकृष्ण बिडारीको (सरकारी कर्मचारी) को घरमा डेरा गरी आफूहरु बसिरहेको उनीहरुले जानकारी दिए । उनीहरुले दिएको जानकारीअनुसार उक्त घरमा उनीहरु गत मंसिर १३ गतेदेखि बसेका हुन् ।
उक्त घरमा डेरा गरेर बसेकै दिन घरबेटी श्रीकृष्णकी छोरीले आफूहरुसँग परिचय गरेको दिपा नेपालीले जानकारी दिईन् । उनले अघि भनिन्,‘हामी त्यो घरमा बसेकै दिन घरबेटीकी छोरीले हामीसँग परिचय गर्नुभएको थियो । त्यसको भोलिपल्ट घरबेटी बिडारी दम्पत्तिद्धयले तपाईहरु ‘दलित हुनुहुँदो रहेछ, समाजले पनि तपाईहरुलाई यहाँ बसेको रुचाउँदैन्, र यही घरमा भाडामा बस्नेहरुले पनि घर छोडेर जान्छु भने’ भनेर कोठा छोडेर जान दबाब दिनुभयो ।’
कैलाली घर भई सोही घरमा बस्ने दिपाका समेत भाई रहेका राज नेपालीले आफूहरुमाथि २१औं शताब्दीमा पनि जातीय विभेद गरिएको भन्दै गुनासो पोखे । आगामी दिनमा दलित भएकै कारण आफूहरुले भोगेजस्तो पीडा अरुले भोग्न नपरोस भनेर मिडियामा यो कुरा लिएर आएको र कानूनी उपचारमा जान लागेकोपनि उनले स्पष्ट पारे ।
उनले भने,‘घरबेटीले दिएको चरम यातनाको कारण हाम्रो पढाईमा अवरोध सिर्जना भयो । यसले विद्यार्थीको भविष्य अन्यौल बनाएको छ ।’ उनले जातीय भेदभाव तथा छुवाछुत ऐन–२०६८ अनुसार निज घरबेटीलाई कारबाही गर्नसमेत सरकारसमक्ष माग गरे ।
कार्यक्रममा अर्की पीडित गायिकासमेत रहेकी धना परियारले जातीयताको कुरा गरेर आफूहरुमाथि घरबेटीले दिएको दबाब गलत र मानवअधिकारविरुद्ध रहेको टिप्पणी गरिन् । उनले पनि घरबेटीलाइ कानूनबमोजिमको हदैसम्मको कारबाहीको माग गरिन् । उनले आफू अपांग समेत रहेको जनाउँदै अपांगता भएकै कारण जागिर नपाएको गुनासो पोख्नि ।







डिसी नेपाल








Facebook Comment