कोरोना त्रासः विदेश भ्रमणमा नजान सरकारको आग्रह

डिसी नेपाल
१९ फागुन २०७६ १७:२२

काठमाडौं। सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान नेपालीलाई आग्रह गरेको छ।

परराष्ट्रमन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री प्रदीवकुमार ज्ञवालीले यस्तो आग्रह गरेका हुन्। चीनबाट सुरु भएको कोरोना भाइरसले विश्वका विभिन्न मुलुकहरुमा प्रभाव बढ्दै गएपछि नेपाल सरकारले सोमबार ट्राभल एडभाइजरी जारी गरेको हो।

चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव जापान, दक्षिण कोरिया, इरान, यूरोप हुँदै विभिन्न मुलुकहरुमा फैलिएको छ। विश्वभरीनै महामारीको प्रकोप लिएको कोरोना भाइरसको संक्रमणमा नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको अति उच्च जोखिममा राखे पछि सरकारले यसतर्फ उच्च सतर्कता अपनाएको छ। देशका विभिन्न नाकामा कोरोना जाँच हेल्पडेक्स राख्ने सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत कडाइ गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.