लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण अभियान शुरु

डिसी नेपाल
१९ फागुन २०७६ १९:०४

काठमाडौं । ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत लागुऔषध दुव्र्यसनीविरुद्धको साताव्यापी अभियान सोमबारदेखि नुवाकोटमा शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजन तथा जिल्ला प्रहरी कार्यालय र विदुर नगरपालिकाको आयोजनामा लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण साताव्यापी अभियान शुरु भएको हो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायसँग लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा जनचेतनामूलक प्रभातफेरी सम्पन्न भएको थियो । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले गलत काममा कोही पनि नलाग्न आग्रह गरेका थिए ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले लागुऔषध सेवनमा परेका अहिलेका युवायुवतीलाई गाली, धम्की हैन, उनीहरुलाई माया, स्नेह र सम्झाइबुझाइ गरेर लागुऔषध छुटाउनुपर्ने बताए । विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले लागुऔषध दुव्र्यसन तथा ओसारपसार गर्ने जोसुकैलाई पनि कारवाही हुनुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नुवाकोटमा अहिले लागुऔषध बढी रहेकोले यसलाई नियन्त्रण गर्न सरोकारवाला लाग्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.