पुलिसलाई पेस्तोल ताक्ने शाहरुख पक्राउ

डिसी नेपाल
२० फागुन २०७६ १५:०७

नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा भएको संशोधित नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा प्रहरीमाथि बन्दुक प्रहार गरेका युवा शाहरुख गिरफ्तारीमा परेका छन् । उनलाई दिल्ली प्रहरीको क्राइम ब्रान्चले उत्तर प्रदेशबाट गिरफ्तार गरेको हो ।

अर्कोतिर, त्यही हिंसामा संलग्न मानिएका ताहिर भने पक्राउ परेका छैनन् । उनी अझै पनि फरार रहेको प्रहरीले जनाएको छ । त्यो आन्दोलनमा मारिएका प्रहरी अधिकारी अंकित शर्माका परिवारले उनीमाथि गम्भीर आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.