प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा
काठमाडौं। शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भइरहँदा स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथमा विशेष पूजापाठ गरिएको छ।
पशुपति विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथमा आज पहिलो प्रहरको पूजापाठ गराएका हुन्।
मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य शुभेच्छुकको सहभागिता रहेको थियो।
कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरहको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पशुपतिनाथमा विषेश पूजापाठ गराएको जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment