भारतमा ३० व्यक्तिमा कोरोना भाइरस पुष्टि
Indian police man wearing surgical masks and talk to passangers for aware for coronavirus at screening camp in lakhanpur 92 kms from Jammu, India, Wednesday, March.4, 2020. Rohit Kansal, Jammu and Kashmir Principal Secretary informed that no positive case has been reported and entire administrative machinery, including health machinery is in full alert. "21 suspected cases have been tested so far and no positive case has been reported so far across Jammu and Kashmir.(AP Photo/Channi Anand)
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ । प्राप्त पछिल्लो सूचना अनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताएका थिए । राज्यसभामा बोल्दै उनले भने, “देशभर यही मार्च ४ देअि अहिलेसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या २९ पुगेको छ ।”
उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्याङ्कन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिए । कोरोनाको सङ्क्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयासहरू गरिरहेको मन्त्री बर्धनले बताए । विश्व स्वास्थ्य संगठनको सुझाब र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको दावी उनले गरे।
उनले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि दावी गरे । देशका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उनले सदनलाई जानकारी दिए । कोरोनाका कारण बिहीबारसम्म संसारभर तीनहजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।







डिसी नेपाल







Facebook Comment