झाडापखालाका कारण १४ को मृत्यु

डिसी नेपाल
२२ फागुन २०७६ २१:०५

मोगादिशु । झाडापखालाका कारण सोमालियामा १४ जनाको मृत्यु भएको छ । एक जना क्षेत्रीय अधिकारीले बिहीबार दिएको जानकारी अनुसार उनीहरूको एक हप्ताको अन्तरालमा मृत्यु भएको हो ।

फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ । सोमालियाका धेरै सशहरहरू यस प्रकोपबाट प्रभावित भएको हिरशावेल राज्यका स्वास्थ्यमन्त्री अब्दी मुस्लिम महमदले पत्रकारहरूलाई बताए। “झाडापखालाको प्रकोप सबैभन्दा पहिले सोमालियाको मध्यभागमा पर्ने हिरान क्षेत्रको बेलेद नगरमा देखिएको हो,” उनले भने ।

स्वास्थ्यमन्त्री महमदका अनुसार त्यसपछि मध्य सावेल क्षेत्रको जोभार नगरमा देखिएको र उनीहरूको मृत्यु भएको हो । सोमालियामा ठूलो बाढी आएपछि लगत्तै यो झाडापखालाको प्रकोप देखिएको अधिकारीहरूले बताएका छन् । यहाँका केही गाउँमा झाडापखालाको प्रकोप नै देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.