बेपत्ता परिवारप्रति राज्य इमान्दार भएन: मुख्यमन्त्री राउत

डिसी नेपाल
२२ फागुन २०७६ २१:२१
8
Shares

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको टिप्पणी गरेका छन् । जनकपुरमा आज आयोजित पीडित तथा सरोकारवालासँग प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राउतले आउँदा केही समयपछि बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे ।

प्रदेश नं २ मा रहेका १९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले थपे । “बेपत्ता परिवारको समस्यालाई अब नबल्झाऔँ”, उनले भने, “चाँडोभन्दा चाँडो निक्र्योलमा पु¥याऔँ । परिवारका सदस्य गुमाएकाको पीडा कम गर्न न्याय दिनुपर्छ ।”

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका आयुक्त युवराज सुवेदीको अध्यक्षतामा भएको अन्तक्र्रियामा मुख्यमन्त्री राउतले बेपत्ता पारिएका परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, आयोगका सहसचिव ईश्वरीप्रसाद ढकाल, सदस्य सुनिलरञ्जन सिंहलगायतले आ–आफनो धारणा राखेका थिए । कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आफ्ना पीडा पोख्दै ‘सास या लास’ दिनुपर्ने माग गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.