विप्लव समूहका जिल्ला सदस्य पक्राउ

डिसी नेपाल
२२ फागुन २०७६ २२:१८

भोजपुर । भोजपुरमा नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

परियारलाई गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको भए पनि आज मात्र प्रहरीले सार्वजनिक गरेको हो । परियारको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनटथ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान र एनसेलको एक थान सिमकार्ड बरामद भएको छ। साथै परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेजसमेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.