मेरिल्याण्डमा कोरोना भाइरस देखिएपछि संकटकाल घोषणा
वाशिङ्टन। अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकी सञ्चार माध्यमहरुले मेरिल्याण्डका गभर्नर ल्यारी हेगनको हवला दिँदै ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको समाचार प्रकाशित गरेका छन्।
गभर्नर हेगनले पत्रकार सम्मेलन नै गरेर बाल्टिमोरमा गरिएको स्वास्थ्य परीक्षणमा तीनजनामा कोरोना पोजेटिभ रिपोर्ट देखिएको बताएका छन्।
संक्रमितहरु विदेश भ्रमणबाट आएको बताइएको छ। दुईजना दम्पत्ति हुन् भने एकजनाको उमेर ५०को हाराहारीमा रहेको बताइएको छ।
राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि मेरिल्याण्ड राज्यमा संकटकाल घोषणा गरिएको छ। अमेरिकामा यसअघि पनि कोरोनाको संक्रमण देखिसकेको छ।
अमेरिकामा कम्तिमा ९ जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ। चीनको वुहानबाट फैलिएको यो भाइरस हाल विश्वका करिब ८० देशमा फैलिएको छ।







डिसी नेपाल







Facebook Comment