कोरोनाभाइरसलाई कमाउने बाटो बनाउँदै पोर्न साइट, मास्क र गाउन लगाएर यौन सम्पर्क

डिसी नेपाल
२३ फागुन २०७६ ८:५३

काठमाडौं। कोरोनाभाइरले विश्वभर त्रासको वातावरण सिर्जना गरेको छ । यसलाई फैलिन नदिने विश्वभर विभिन्न तयारी भइरहेका छन् । तर, यसको प्रकोप बढ्दै जाँदा केही पोर्न साइटहरुले भने यसलाई कमाउने बाटो बनाएका छन् । ती साइटहरुले कोरोनाभाइरससँग सम्बन्धित पोर्न भिडियो अपलोड गरेका छन् । भिडियोमा पोर्नटारहरुले मास्क र भाइरस संक्रमणबाट जोगाउने भनिएको गाउन लगाएर यौन सम्पर्क गरेको देखाइएको डेलिमेलको समाचारमा जनाइएको छ

चीनबाट सुरु भएको कोरोना भाइरसबाट ९५ हजार मानिस संक्रमित भइसकेका छन् । ८० भन्दा धेरै देशमा फैलिएको यो भाइरलका कारण ३ हजार २ सयजनाको मृत्यु भइसकेको छ । आम मानिसहरु जसरी ‘हरर मुभी’सँग नजिकिन्छन् त्यसै गरी कोरोना भाइरसको विषयसँग आकर्षित भएको पोर्न मुभी निर्माताहरुको तर्क छ । साथै कोभिड–१९ ले विश्वभर त्राससँगै रहस्य पनि निम्त्याउने उनीहरुको भनाइ छ । इटलीमा किस र हग गर्न प्रतिबन्ध लगाएपछि यस्ता भिडिओ निर्माण गर्न थालेको बताइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.