निर्भयाका दोषीलाई फाँसी दिने नयाँ मिति तोकियो, दोषीहरुसँग अब कुनै विकल्प बाँकी छैन
नयाँ दिल्ली। दिल्लीको बहुचर्चित निर्भया बलात्कारपछि हत्या केसमा चारैजना दोषीलाई फाँसी दिने नयाँ मिति तोकिएको छ । दिल्ली अदालतले चारैजनालाई २० मार्चका दिन बिहान साढे ५ बजे फाँसी दिन आदेश दिएको छ । यसअघि पटक पटक डेथ वारंट जारी भए पनि कानुनी विकल्पको आडमा फाँसीबाट बचिरहेका चारैजना दोषीसँग अब भने कुनै पनि विकल्प बाँकी छैन । त्यसैले यस पटक निश्चित रुपमा फाँसी दिइने अपेक्षा गरिएको छ ।
राष्ट्रपति रामनाथ कोविन्दले दोषी पवन गुप्ताको दया याचिका खारेज गरेपछि अदालतले नयाँ मिति तोकेको हो । पवनबाहेक अन्य तीनैजनाको दया याचिका पहिल्यै खारेज भइसकेको थियो । पछिल्लो दया याचिका समेत खारेज भएपछि दिल्ली सरकार नयाँ डेथ वारेन्टको लागि पटिवाला हाउस अदालत पुगेको थियो । एडिसनल सेसन जज धर्मेन्द्र राणाले चारैजना दोषीलाई नोटिस पठाएर बिहीबारसम्म जवाफ मागेका थिए ।







डिसी नेपाल








Facebook Comment