८३ वर्षका इटलीका पूर्वप्रधानमन्त्रीले ३४ वर्षकी प्रेमिका छाडे, ३० वर्षकी अर्कीसँग डेटिङ सुरु

डिसी नेपाल
२३ फागुन २०७६ १४:२९

काठमाडौं। इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कनी आफ्नी ३४ वर्षकी प्रेमिकासँग अलग्गिएका छन् । १२ वर्षदेखि साथमा रहेकी प्रेमिका फ्रान्सेस्का पास्कलसँग अलग्गिएसँगै बर्लुस्कनीले मार्टा फासिना नामकी अर्की महिलाँग डेटिङ गरिरहेको खबर छ । मार्टा उनकै पार्टीकी पूर्व सांसद समेत हुन् ।

बर्लुस्कनीको पार्टी फर्जा इटालियालाई उद्धृत गर्दै द गार्डियनले लेखेअनुसार यी दुई छुट्टिए पनि साथी भने रहिरहनेछन् । पास्कलले एक अन्तरवार्तामा आफूले बर्लुस्कनीलाई बिहे गर्नका लागि दैनिकजसो आग्रह गरिरहेको बताएकी थिइन् । ‘उनी मेरालागि सँधै प्रिय रहिरहनेछन्। यो संसारका सबै खुशी उनलाई प्राप्त होस् भन्ने कामना गर्दछु’ पास्कलले भनेकी छन् । इटालीको राजनीतिमा दुई दशकसम्म हावी रहेका बर्लुस्कनीले दुईचोटी डिभोर्स गरिसकेका छन् । उनले अहिले उनकै पार्टीकी ३०–वर्षे सांसद मार्टा फासिनासँग डेटिङ सुरु गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.