आज हावाहुरी र मेघगर्जनसहित असिना पानी पर्ने
काठमाडौँ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौँ लगायत देशका अधिकांश स्थानमा पानी परिरहेको छ। हिजो रातिदेखि परेको पानी अहिले पनि निरन्तर छ । देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव आज दिउँसो पनि यथावत रहने भएकाले देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित वर्ष हुने सम्भावना रहेको छ । आज उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुनेछ।
भोलि आइतबारबाट पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले मौसम खुल्दै जाने घाम लाग्ने छ ।
महाशाखाद्वारा जारी तीन दिने पूर्वानुमान तालिका
फागुन २४ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ हावाहुरी/ असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ/ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
फागुन २५ गते (आइतबार)
दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू-भागका एक/दुई स्थानमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन २६ गते (सोमबार)
दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी र मध्य पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।







डिसी नेपाल








Facebook Comment