श्रीमानले कपडा नकिनिदिएको रिसमा श्रीमतीले ६ महिनाकी छोरीलाई मारिदिइन्
काठमाडौं। नजिकिँदै गरेको होलीका लागि श्रीमानले कपडा नकिनिदिएको रिसमा श्रीमतीले ६ महिनाकी छोरीलाई मारिदिएकी छिन् । घटना अलीगढ जिल्लाको रामपुरको भएको आज तकको समाचारमा उल्लेख छ । यहाँ २५ वर्षकी महिलाका पतिले होलीका लागि कपडा किनिदिन अस्वीकार गरेपछि पती पत्नीमा झगडा भएको थियो ।
झगडापछि श्रीमतीको रिसको पारो यति तात्यो कि उनले आफ्नी ६ महिनाकी छोरीलाई कुटीकुटी मारेकी छिन् । पुलिसका अनुसार आरोपी महिलाको नाम पिंकी शर्मा हो । पिंकीका पति राहुलले कपडा किन्न बजार जान नमानेपछि यी दुईबीच झगडा भएको थियो । झगडापछि पिंकी रिसले चुर भएर छोरी सोनी भएको ठाउँमा गएर उनलाई नराम्ररी कुटिन् । बालिकाको कुटाइका कारण घटनास्थलमै ज्यान गयो । घटनापछि राहुलले पुलिसमा पत्नीविरुद्ध उजुरी दिए । पुलिसले हत्या अभियोगमा मुद्दा दर्ता गरी पिंकीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।







डिसी नेपाल








Facebook Comment