तालिवानको आक्रमणमा परी सात सर्वसाधारण मारिए
हेरात, अफगानिस्तान । तालिवान लडाकूहरुले गरेको आक्रमणमा परी शुक्रबार सातजनाको मृत्यु भएको छ ।
हेरात प्रान्तको कुशक रुबत साङ्गी जिल्लामा घटना भएको जिल्ला गभर्नर लालमोहम्मद ओमरजाइले शनिबार जानकारी दिए।
शुक्रबार अबेर आक्रमण भएको बताइएको छ । आक्रमणकारी आक्रमणपछि भागेका थिए ।
आक्रमणमा परी मृत्यु भएकाहरुमध्ये एकजना शिक्षक पनि रहेको हेरात प्रान्तीय सरकारका प्रवक्ता जिलानी फरहादले सिन्ह्वालाई जानकारी दिए।
घटनाका बारेमा तालिवान लडाकुहरुका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment