प्रधानमन्त्री ओलीलाई फिजियो थेरापी गराईँदै

डिसी नेपाल
२४ फागुन २०७६ १६:२१

काठमाडौं। गएको बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएको छ।

शनिबार चौथो दिन त्रिवि शिक्षण अस्पतालले बुलेटिन जारी गर्दैै प्रधानमन्त्री ओलीको स्वास्थ्य अस्वस्था सामान्य बन्दै गएको बताएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेम कृष्ण खड्गाले बुलेटिन जारी गर्दै प्रधानमन्त्री ओलीलाई फिजियो थेरापी गरिरहेको जानकारी दिएका छन्।

उनले ओलीका सबै स्वास्थ्य परीक्षणहरुको रिपोर्ट सकारात्मक आएकोसमेत बताएका छन्। ओलीलाई शनिबारदेखि सामान्य खाना दिन थालिएको छ।

ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सुधार भएको छ। उनलाई पनि सामान्य खाना दिन थालिएको अस्पतालले जनाएको छ।

गएको बुधबार ओलीमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। यसअघि २०६४ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.