अफगान शान्ति वार्तामा महिलालाई सहभागी गराउन आग्रह

डिसी नेपाल
२५ फागुन २०७६ १३:०३

काबुल। अफगानिस्तानस्थित राष्ट्रसंघीय सहायता नियोग (युनामा) ले अफगान शान्ति वार्तामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पक्षलाई आग्रह गरेको छ।

युनामाद्वारा जारी वक्तव्यमा अन्तर–अफगान शान्ति वार्तामा पछिल्ला वर्षहरुमा अफगानिस्तानमा भएका सामाजिक, राजनीतिक उपलब्धिलाई बचाउन र अगाडि बढाउन सबैले ध्यान दिनुपर्ने उल्लेख छ।

“संयुक्त राष्ट्रसंघद्वारा समर्थित र महिलालाई औपचारिक शान्ति वार्तामा समावेश गर्ने मान्यताले नतिजा दिने अवस्था सिर्जना भएको छ। महिलाहरुको देशव्यापी र सामुदायिक स्वामित्वका साथै राजनीतिमा पूर्ण र अर्थपूर्ण सहभागिता गराउन समाजका सबै सदस्यहरुबीच एकमत हुनेछ,” विज्ञप्तिमा भनिएको छ।

राष्ट्रसंघीय नियोगकी प्रमुख ताडामिची यामामोटोले जारी गर्नु भएको उक्त विज्ञप्तिमा शान्तिपूर्ण र समावेशी समाज सिर्जना गर्न अफगान महिलाहरुलाई शिक्षा, स्वास्थ्य र काममा न्यायपूर्ण एवं सहज पहुँच सिर्जना गर्नु पर्दछ भनिएको छ।

उनले अफगानिस्तानमा औपचारिक कानून र राष्ट्रिय कार्ययोजनालगायत महिला अधिकारमा उल्लेखनीय प्रगति भएको छ भन्दै महिलाका लागि आगामी दिनमा अझ बलियो सामाजिक र राजनीतिक समर्थन अझै आवश्यक छ भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.