आजपनि बढ्यो सुन, फेरि बन्यो अर्को रेकर्ड

डिसी नेपाल
२७ फागुन २०७६ ११:१९

काठमाडौं । पछिल्ला केही दिनदेखि आकासिएको सुनको भाउ आजपनि तोलामा २ सय रुपैयाँ बढेको छ । यसअघि तोलाको ८२ हजार ५ सय रुपैयाँ पुगेर बनेको अहिलेसम्मकै उच्च रेकर्ड पुनः तोडिएको हो ।

आज नेपालमा छापावाल सुन प्रतितोला ८२ हजार ७ सय तथा तेजावी सुन ८२ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ ।

आज नेपाली बजारमा चाँदीको भाउ बढेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.