जब सन्दिप लामिछानेले आफूलाई उचाइमा पुर्‍याउने गुरु पुबुदु दासानायकेलाई भेटे…

डिसी नेपाल
२७ फागुन २०७६ १५:३५

काठमाडौं। नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले लामो अन्तरालपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायकेसँग भेटे । दासानायके अहिले एभरेष्ट प्रिमियर लिगको प्रशिक्षणका लागि नेपाल आएका छन् । यही क्रममा उनीहरुको भेट भएको हो । भेटपछि सन्दीपले भनेका छन् ‘मेरा गुरुसँग नेटमा केही रमाइलो समय बिताउने अवसर पाएँ र मलाई महसुस भयो कि म समयसँगै विगतमा पुगेको छु ।’

सन्दीपलाई यो उचाइ दिलाउने श्रेय पुबुदु दासानायकेलाई नै जान्छ । राष्ट्रिय टिमका अर्का स्पिनर बसन्त रेग्मीको बिहेमा सहभागी भएर फर्कने क्रममा पुबुदुले सन्दीपलाई बलिङ गर्दै गरेको देखेका थिए । त्यतिबेलै सन्दीपको प्रतिभा चिनिसकेका पुबुदुले उनलाई काठमाडौं बोलाएका थिए । त्यसपछि अण्डर १९ राष्ट्रिय टिममा स्थान बनाएका सन्दीपले अहिले निकै ठूलो उचाइ हासिल गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.