भारतको ओडिशामा होली खेलेर नुहाउन गएका १५ जनाको डुबेर मृत्यु

डिसी नेपाल
२८ फागुन २०७६ ७:१७

काठमाडौँ । भारतको उडिशा राज्यमा होली खेलेर नुहाउन गएका १५ जना युवाको डुबेर ज्यान गएको छ ।

ओडिशाका विभिन्न ठाउँमा होली खेलेर नुहाउन गएका १५ जनाको डुबेर ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

समाचारका अनुसार, विभिन्न नदी तथा पोखरीमा नुहाउने क्रममा डुबेका १५ जनाको शव भेटिएको उल्लेख छ ।

यस अघिका होलीमा होली खेलेर नुहाउने क्रममा मानिसको ज्यान जाने गरेको भन्दै यस वर्ष स्थानीय प्रशासनले नदीमा नुहाउन प्रतिबन्ध लगाएको थियो ।

तर यस पटकको होलीमा पनि प्रशासनको निगरानीकैबीच नुहाउन गएकाहरुको ज्यान गएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.