गुगलका १ लाखभन्दा धेरै कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन

डिसी नेपाल
२८ फागुन २०७६ १०:३४

काठमाडौं। सूचना प्रविधि कम्पनी गुगलले उत्तर अमेरिकामा कार्यरत आफ्ना १ लाखभन्दा धेरै कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन दिएको छ । कोरोनाभाइरसको संक्रमण उत्तर अमेरिकामा पनि फैलिन थालेपछि गुगलले कम्तीमा अप्रिल १० सम्मका लागि घरमै बसेर काम गर्न भनेको हो । सिएनबीसीले गुगलबाट आफूलाई प्राप्त इमेलको हवाला दिँदै लेखेको समाचारअनुसार गुगलले आफ्नो उद्देश्य कार्यालयमा मानिसहरुको घनत्व कम गर्नु र कोरोनाभाइरसको फैलिने दरलाई कम गर्नु भएको जनाएको छ ।

उत्तर अमेरिकामा मात्र गुगलका १ लाखभन्दा धेरै कर्मचारी छन् । विश्वभरी कोरोनाभाइरसले ४२०० भन्दा धेरैको ज्यान लिइसकेको र १ लाख १८ हजारभन्दा बढी संक्रमित भइसकेको अवस्थामा गुगलको यस्तो निर्देशन आएको हो । ‘हामीलाई थाहा छ यो सबैका लागि असहज परिस्थिति हो’ कम्पनीका चिफ एक्जिक्युटिभ सुन्दर पिचाइले भने । पिचइले ट्वीट गर्दै गुगलका कर्मचारीलाई सामाजिक रुपमा सम्भव भएसम्म दूरी बढाउन पनि आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.