स्पेनमा पनि कोरोनाको कहर, रोनाल्डोपछि अब मेस्सीको खेलमा पनि दर्शकलाई प्रतिबन्ध

डिसी नेपाल
२८ फागुन २०७६ १०:५५

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको बार्सिलोना र नापोलीबीचको खेल बिना दर्शक हुने भएको छ । बार्सिलोना र नापोलीबीचको अन्तिम १६ को दोस्रो लिग बार्सिलोनाको घरेलु मैदानमा मार्च १८ मा हुने तालिका रहेको छ ।

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला बार्सिलोनाले क्याम्प नाउमा सो खेल बिना दर्शक हुने बार्सिलोनाले जानकारी गराएको छ । बार्सिलोनाले क्लबका अधिकारी र स्पेनिस स्वास्थ्य र खेलकुद मन्त्रालयका अधिकारीहरुबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको जानकारी दिएको छ ।

पहिलो लिगमा दुवै टिम १-१ गोलको बराबरी खेलेकाले दोस्रो लिग दुवैका लागि निकै महत्वपूर्ण रहेको छ । यस अघि पिएसजी र डोर्टमण्डबीचको खेल पनि बिना दर्शक नै हुने भएको छ । स्पेनमा कोरोनाको संक्रमणबाट अहिलेसम्म २८ जनाको मृत्यु भएको छ भने इटालीमा भने अहिलेसम्म ४६३ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.