पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, डर्टमण्ड बाहिरियो
काठमाडौं । पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लिगमा जर्मनी क्लब डर्टमण्डलाई २-० ले पराजित गर्दै समग्रमा ३-२ गोल अन्तरले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो ।
पिएसजीको खाली मैदानमा खेलिएको यस खेलमा पिएसजीलाई जित दिलाउन नेइमारले महत्वपूर्ण भूमिका खेलेका थिए । नेइमारले खेलको २८औ मिनेटमा गोल गर्दै पिएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए भने पिएसजीका लागि दोस्रो गोल जुआन बेर्नाटले पहिलो हाफको अन्तिम मिनेटमा गरेका थिए ।
यस खेलमा खेलको ८९औ मिनेटमा डर्टमण्डका एमरे कानले रातो कार्ड पाउदा डोर्टमण्ड १० खेलाडीमा सिमित भएको थियो । योसँगै पिएसजी २०१५-१६ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । योसँगै पिएसजी, एथ्लेटिको मड्रिड, आरबि लेइपजिंग र एटलान्टा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।







डिसी नेपाल








Facebook Comment