२ करोड १८ लाख जनसंख्या भएको चीनको शिनजियांग प्रान्त कोरोनामुक्त

डिसी नेपाल
२९ फागुन २०७६ १३:२९

काठमाडौं। चीनको शिनजियांग प्रान्त कोरोनाभाइरस मुक्त भएको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले २ करोड १८ लाख जनसंख्या भएको यो प्रान्त कोरोनाभाइरस मुक्त भएको उल्लेख गरेको छ ।

रकारको पुनर्शिक्षा केन्द्रका प्रशिक्षार्थीमा संक्रमण भएको भन्ने हल्लाको समेत सरकारले खण्डन गरेको छ । अधिकारीहरुका अनुसार यो प्रान्तमा कोरोनाभाइरस संक्रमणका ७३ केस आएका थिए । ती सबै बिरामी निको भइसकेको र सबैलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको समाचारमा उल्लेख छ । शिनजियांगमा विगत २० दिनमा कुनै पनि नयाँ संक्रमण नपाइएको पनि समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.