इराकमा अमेरिकी सैन्य बेसमा लगातार रकेट आक्रमण, कम्तीमा ३ सैनिकको मृत्यु
काठमाडौं। इराकमा अमेरिकी सैनिक बेसमा लगातार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा ३ जना अमेरिकी नेतृत्वको कोलिनका सैनिक मारिएको अमेरिकी कोलिसनको एक वक्तव्यमा जनाइएको छ । वक्तव्यमा कम्तीमा अन्य १२ जना सैनिक घाइते भएको उल्लेख गरिएको छ । आक्रमण कसले गरेको हो भन्ने प्रस्ट भइसकेको छैन र यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
अमेरिकी मिडियाले स्रोतलाई उद्धृत गर्दै मारिने ३ सैनिकमध्ये एक अमेरिकी र एक बेलायती रहेको दावी गरेको छ । तेस्रो व्यक्ति अमेरिकी कन्ट्रयाक्टर भएको दावी गरिएको छ । यद्यपि अमेरिकी मिडियाका यी रिपोर्टको पुष्टि भएको छैन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment