ट्रम्पसँग भेटेका ब्राजिलका अधिकारीलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि
ब्रासिलिया। ब्राजिलका एक सरकारी अधिकारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यी अधिकारीले गएको शनिबार मात्र फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटेको बीबीसीले लेखेको छ । उनको एउटा फोटो पनि सार्वजनिक भएको छ जसमा उनी राष्ट्रपति ट्रम्पसँग उभिएका छन् ।
ब्राजिलका राष्ट्रपति बोल्सेनारोको भ्रमणमा सहभागी यी अधिकारीले अमेरिकाका उपराष्ट्रपति माइक पेन्ससँग पनि भेटघाट गरेका थिए । ब्राजिल फर्किएपछि उनीमा फ्लू जस्ता लक्षण देखिएका थिए । त्यसपछि गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरको संक्रमण भएको पुष्टि भएको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment