निगमको नयाँदिल्ली उडानमा कटौती, दोहा उडान स्थगित
फाइल फाेटाे
काठमाडौं। कोरोना भाइरसको प्रभावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्ली गन्तव्यको उडानमा कटौती गरेको छ ।
काठमाडौँ–दिल्ली–काठमाडौँ उडान चैत २ गते ९मार्च १५, सन् २०२०० देखि लागू हुने गरी उडान तालिकामा केही कटौती गरेको निगमले शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो । पहिला दैनिक दुईवटा उडान हुँदै आएको दिल्ली गन्तव्यमा अब निगमले एक मात्रै उडान गर्नेछ । ‘अब बिहानको उडान नियमित राखी साँझको उडान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ’, निगमको विज्ञप्तिमा भनिएको छ ।
बैङ्गलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्चदेखि १५ अप्रिलसम्म स्थगित गरिएको छ । त्यस्तै बैङ्कक गन्तव्यको मार्च ११ र मार्च २५ को उडान एवम् हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको निगमले जनाएको छ ।
निगमले काठमाडौँ दोहाबीचको उडान फागुन २७ गतेदेखि नै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकेको छ । उडान स्थगन गरिएका गन्तव्यको उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने र टिकटको उडानको मिति एकपटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।







डिसी नेपाल








Facebook Comment