सडक दुर्घटनामा एकै परिवारका ११ को मृत्यु, १६ दिन पहिले बिहे गरेका जोडी पनि मारिए
जोधपुर। भारतको राजस्थानको जोधपुरमा शनिबार बिहान भएको दुर्घटनामा ११ जनाको ज्यान गएको छ । ट्रली र बोलेरोको ठक्करमा एकै परिवारका ११ जनाको ज्यान गएको दैनिक भास्करले लेखेको छ । ३ जना गम्भीर रुपमा घाइते भएका छन् । यो परिवार नवविवाहित जोडीलाई बालोतराबाट रामदेवरा दर्शनको लागि लिएर जाँदै थिए ।
उनीहरुको बिहे २७ फेब्रुअरीमा भएको थियो । घटना शेरगढ क्षेत्रमा भयो । ठक्करपछि बोलेरो ट्रकमुनि दबिएको थियो । मृतकहरु ४ पुरुष, ६ महिला र १ बालक छन् । सबैको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुको जोधपुर अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ । घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले दुःख व्यक्त गरेका छन् ।
राजस्थान के जोधपुर में हुए भीषण सड़क हादसे के बारे में जानकर अत्यंत दुख हुआ है। इस दुर्घटना में जिन-जिन लोगों की जान गई है, मैं उनके परिजनों के प्रति अपनी संवेदना प्रकट करता हूं, साथ ही घायलों के जल्द से जल्द स्वस्थ होने की कामना करता हूं: PM @narendramodi
— PMO India (@PMOIndia) March 14, 2020
Deeply saddened to learn about tragic accident on Balotra-Phalodi Mega Highway in Shergarh area,#Jodhpur in which 11 people have lost lives. My heartfelt condolences to those who lost their loved ones,may god give them strength to bear this loss. I wish speedy recovery to injured
— Ashok Gehlot (@ashokgehlot51) March 14, 2020







डिसी नेपाल








Facebook Comment