क्यानाडाका नागरिकलाई भ्रमण स्थगित गर्न आग्रह, दक्षिण कोरियामा ७२ को मृत्यु, फिलिपिन्समा कर्फ्यू
ओटावा । क्यानाडाका नागरिकलाई अत्यावश्यक बाहेक अन्य भ्रमण स्थगित गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोले आग्रह गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भएकाले विशेष गरेर अन्तरराष्ट्रिय यात्रा रोक्न उनले आह्वान गरेका छन् । उनले आपूm पनि सुरक्षित तरिकाले बसेको पनि जानकारी दिएका छन् ।
यसअघि उनकी श्रीमती सोफियालाई कोराना भाइरसको सङ्क्रमण भएको बिहीबार सार्वजनिक भएको थियो । उनलाई पनि छुट्टै राखिएको छ ।
यसैबीच दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । अधिकारीका अनुसार कूल आठ हजार ८६ जना सङ्क्रमित भएका छन् । ती मध्ये २०४ जनालाई भने पूर्ण उपचारपछि घर फर्काइएको छ ।
उता फिलिपिन्सबाट प्राप्त समाचारअनुसार राजधानी मनिलामा कर्फ्यू आदेश जारी गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन आइतबारदेखि लागु हुनेगरी शनिबार कर्फ्यू घोषणा गरिएको हो । कर्फ्यू एक महिनाका लागि घोषणा गरिएको बताइएको छ ।







डिसी नेपाल








Facebook Comment