लगातार घटेको सुन आज फेरि बढ्यो
काठमाडौँ । साताको पहिलो दिन हिजो आइतबार तोलमा १ हजार ५ सय रुपैयाँ घटेको सुन आज (सोमबार) भने पुनः बढेको छ।
आज छापावाल सुन प्रतिताला ७७ हजार ५ सय तथा तेजावी सुन ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य आइतबारको तुलनामा ५ सय रुपैयाँ बढी हो ।
आइतबार छापावाल सुन प्रतितोला ७७ हजार तथा तेजावी सुन ७६ हजार ७ सय रुपैयाँ रहेको थियो ।
कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ।
यस्तै, आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment