एलन कुर्दीको हत्या अभियोगमा ३ जनालाई जनही १२५ वर्ष जेल सजाय

डिसी नेपाल
३ चैत २०७६ १२:३४

काठमाडौं। २ वर्षका सिरियाली शरणार्थी बालक एलन कुर्दीको मृत्युमा जिम्मेवार रहेको ठहर गर्दै टर्कीको एक अदालतले ३ जना टर्किश नागरिकलाई जनही १२५ वर्षको जेल सजाय सुनाएको छ । २०१५ मा एलन कुर्दीको डुबेर मृत्यु भएको थियो जसलाई सिरियामा जारी गृहयुद्धको भयानकताको एक प्रतिक मानिएको थियो ।

२ वर्षका यी बालक एलन कुर्दीको शव टर्कीको एक समुद्र किनारमा घोप्टो अवस्थामा रहेको एउटा तस्वीर विश्वभरका अखबारको मुखपृष्ठमा प्रकाशित भएको थियो जसले पूरै विश्वको ध्यान तानेको थियो र शरणार्थीहरुप्रति सहानुभूतिको लहर संचार भएको थियो ।

एलनसँगै उनका दाजु ५ वर्षका गालिप, आमा रिहान र अन्य २ जना शरणार्थीको मृत्यु भएको थियो । १४ आप्रवासीलाई लिएर ग्रिसको टापु कोसतर्फ हिँडेको एउटा डुंगा दुर्घटना हुँदा यी ५ जनाको ज्यान गएको थियो । यो परिवारबाट एलनका पिता मात्र बाँचेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.