छोरालाई मार्न भन्दै बञ्चरो बोकेर महलमा दौडिएका राजा गिरफ्तार

डिसी नेपाल
३ चैत २०७६ १२:५४

केपटाउन। दक्षिण अफ्रिकाका राजा तथा नेल्सन मण्डेलाका भतिजाबुयेलेखाया दालिंदयेवबो पक्राउ परेका छन् । बञ्चरो लिएर राजमहलमा आतंक फैलाएको अभियोगमा उनलाई पक्राउ गरिएको हो । रिपोर्टका अनुसार उनी गएको डिसेम्बरमा मात्र पेरोलमा जेलबाट बाहिर आएका थिए ।

शुक्रबार बिहान उनी बञ्चरो बोकेर थेंबु राजदरबारमा घुसेका थिए । त्यसपछि उनी आफ्ना छोरा अजेनाथी जेनेलिज्वे दालिंदयेबोलाई मार्न भन्दै छोराको पछि दौडिएका थिए । छोराले महलको झ्यालबाट हाम्फालेर ज्यान बचाए तर घटनामा छोराकी पत्नी भने घाइते भइन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

शाही प्रवक्ताका अनुसार राजा जेल गएपछि उनका छोरालाई कार्यवाहक राजा घोषित गरिएको थियो । यही कुरामा राजा आक्रोशित थिए । राजा १९९४ मा भएको घटनामा अपहरण, उत्पीडन र आगजनीको अभियोगमा दोषी ठहर भएपछि जेल पुगेका थिए । २०१५ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो । राष्ट्रपतिले गत वर्ष केही कैदीहरुलाई पेरोलमा बाहिर निस्कन दिने फैसला गरेका थिए । यही फैसलाअनुसार राजा गएको डिसेम्बरमा जेलबाट बाहिर आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.