गाउँपालिका अध्यक्षका छोराको हत्याको आरोपमा ३ जना पक्राउ

डिसी नेपाल
४ चैत २०७६ ९:५६

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन्।

गए राति प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ योगीले बताए।

खुकुरी प्रहारबाट गम्भीर घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको थियो।

उनको अवस्था गम्भीर भएपछि सो अस्पताले पनि थप उपचारका लागि काठमाडौँ सिफारिश गरेपछि काठमाडौँ लैजाने क्रममा उनको बाटोमै मृत्य भएको थियो।

डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खुकुरी प्रहार भएको थियो। मृतक डाँगी सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.