आफ्नै आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ !

डिसी नेपाल
४ चैत २०७६ १४:२५

काठमाडौं। महिलाविरुद्ध हुने अपराधका घटनाहरु रोकिएका छैनन् । विभिन्न ठाउँमा बलात्कार, यौन हिंसा लगायतका घटनाहरु भएका खबरहरु आइरहन्छन् । तर, पछिल्लो समय यस्तो खबर आएको छ जसले मानवताको शीर पनि लज्जाबोधले झुकेको छ । भारतको उत्तर प्रदेशमा आफ्नै आमालाई बलात्कार गरेको अभियोगमा छोरा पक्राउ परेको खबर भारतीय मिडिया आज तकले प्रकाशित गरेको छ

आमालाई बलात्कार गरेपछि ती युवक घटनास्थलबाट फरार भएका थिए । पुलिसले उनीविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ गरेको छ । घटना उत्तर प्रदेशको बुलंदशहर जिल्लाको एक गाउँको भएको बताइएको छ । जानकारीअनुसार घटनाको समय युवक नशामा थिए । पुलिसका अनुसार आरोपी छोराको उमेर २३ वर्ष छ । घटना ३ मार्चको हो तर बदनामीको डरले परिवारले छोराविरुद्ध पुलिसमा उजुरी दिन जान सकेका थिएनन् ।

पीडित परिवारका अनुसार घटनाको दिन आरोपी छोरा रक्सीको नशामा घर पुगेका थिए । त्यतिबेला उनकी आमा घरमा एक्लै सुतिरहेकी थिइन् । नशामा लठ्ठ छोरा आमाको कोठामा गए र उनलाई बलात्कार गरे । बलात्कारपछि उनी घटनास्थलबाट फरार भए । पछि पीडितका पतिले पुलिसलाई सम्पर्क गरे । सोमबार पुलिस थाना गएर पूरा मुद्दा दर्ता गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.