बजारमा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

डिसी नेपाल
५ चैत २०७६ ०:५६

काठमाडौं । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको बताएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेकाबेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भएपनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो ।

निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले मंगलबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै पेट्रोलियम पदार्थको माग अत्याधिक बढेको तर आयात र वितरणमा कुनै समस्या नरहेको बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पेट्रोलियम पदार्थको वितगरमा निरन्तर अनुगमन भइरहेको बताए । उनले ग्यासको वितरण प्रणालीमा भने केही समस्या देखिएकाले बजारमा अभाव देखिएको बताए ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले बजारमा पेट्रोलियम पदार्थको ढुवानीमा कुनै समस्या नरहेको बताए । उनले ७ वटै नाकाबाट पेट्रोल आयात भइरहेको र निगमले उपलब्ध गराए अनुसार पेट्रोलियम पदार्थ बजारमा पु¥याउन कुनै समस्या नरहेको बताए ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले अहिले सम्म ग्यास आपूर्तिमा कुनै समस्या नरहेको बताए । उनले दैनिक रुपमा १ लाख सिलिण्डर विक्री वितरण भइरहेको बताए ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँग पछिल्लो समय बजारमा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । तर, आयल निगम र सम्बद्ध व्यवसायीहरुले भने बजारमा कुनै कृतिम अभाव नभई माग बढेकाले समस्या देखिएको दावी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.