सम्पत्तिकाे लोभले आफन्तद्वारा आफन्तकै हत्या

डिसी नेपाल
५ चैत २०७६ १२:११

काठमाडौं। सम्पत्तिको लोभमा आफन्तले आफन्तकै हत्या गर्छन्। बाबुले छोरीको र श्रीमानले श्रीमतीको, छोराले बाबु आमाको हत्या सम्पत्तिकै कारण गरेका छन्। पछिल्लो पटक कञ्चनपुरमा आफ्नै छोराले बाबु आमाको हत्या गरि दिए।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा गत फागुन १४ मा भएको दम्पती हत्यामा प्रकरणमा उनकै छोरा पक्राउ परे। प्रहरीले २० दिनपछि जयलाल भण्डारी र धनादेवी भण्डारीको हत्यामा उनीहरुकै छोरा भरत भण्डारीलाई पक्राउ गर्यो।

बाबुले सौतेनी आमा ल्याएको र अंशवण्डामा कुरा नमिलेपछि भरतले बाबु आमाको हत्या गरी दिए।  रौतहटमा विमा बापतको २५ लाख रुपैयाँ पाउने लोभमा एक जना बुवाले छोरीको हत्या गरे।

रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले विमाको रकमको लोभमा ५ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचि हत्या गरेर पोखरीमा फालेका थिए। कोही कसैले वीमा गरेको २५ दिनपछि मृत्यु भएमा त्यसको तेब्बर रकम आउछ भनेका कारण ती निर्दयी बाबुले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरे।

पोखरामा एक श्रीमानले बीमा वापतको एक करोड आउने भएपछि श्रीमतीलाई भारतीय नागरिक बोलाएर हत्या गर्न लगाए। भारतीय सार्प सुटर बोलाएर पोखरामा रमेश नेपालीले श्रीमती लक्ष्मी नेपालीको हत्या गर्न लगाए।  उनले श्रीमतीको नाममा एक करोडको बिमा गरेका थिए। त्यही रकम हात पार्न भारतीय सार्प सुटरलाई ९ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएका थिए।

आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ७ सय ४ जनाको हत्या भएको देखाएको हो। जसअनुसार श्रीमानले श्रीमतीदेखि श्रीमतीले श्रीमान् र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासू ससुरासम्मको हत्या गरेका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार हत्याका घटना हरेक वर्ष बढ्दो दरमा छन्। दैनिक औसत दुईजनाको हत्या हुन्छ। हत्याका ५० प्रतिशत घटना आफन्तबाटै भएका छन्। आर्थिक वर्ष ०७५/०७६ मा देशभर हत्या भएका ६ सय ६९ व्यक्तिमध्ये ३ सय ३० जना आफन्तबाटै मारिएका छन्।

‘मारिने र मर्ने छोरा, छोरी, बुवा, श्रीमती र श्रीमान् सम्बन्धकै र सम्पत्तिकै कारण रहेको प्रहरी अनुसन्धानले देखाएको छ। कसैले अंश नपाएको झोकमा हत्या गरेका छन् कसैले बाबुले पैसा नदिएको झोकमा हत्या गरेका छन् भने यस वर्ष भएका दुई वटा घट्ना भने वीमा रकम पाउनका लागि बाबुले छोरी र श्रीमानले श्रीमतीको हत्या गरेको पाइयो’, नेपाल प्रहरीका डिइआइजी एवं प्रवक्ता शैलेश थापाले भने।

उनका अनुसार मुलुकभर हत्या घटना बढेका छन्। घटनामा पीडित र पीडक परिवारभित्रकै वा चिनेजानेकै छन्। अधिकांशमा बाबु, छोरा, आमा, छोरी, श्रीमान् र श्रीमती नै संलग्न देखिन्छन ।

प्रहरी तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा देशभर हत्याका तीन हजार एक सय नौ घटना भएका छन । यी घटनामा तीन हजार एक सय ७९ ले ज्यान गुमाएका छन्। बालकसहित एक हजार आठ सय ७५ पुरुष छन् भने बालिकासहित एक हजार ९३ महिला छन । त्यस्तै, बालिकासहित एक हजार तीन सय चार महिला छन्।

आफन्तबाटै ७ सय ४ जनाको हत्या

पछिल्ला चार वर्षमा आफन्तबाटै ७ सय ४ जनाको हत्या भएको छ। नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ७ सय ४ जनाको हत्या भएको देखाएको हो। जसअनुसार श्रीमानले श्रीमतीदेखि श्रीमतीले श्रीमान् र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासू ससुरासम्मको हत्या गरेका छन्।

तथ्यांकअनुसार पछिल्ला चार वर्षमा श्रीमानबाट २ सय ७५ जना श्रीमतीको हत्या भएको छ। यस्तै यसबीचमा श्रीमतीबाट ५८ जना श्रीमान् मारिएका छन्। ७९ प्रतिशत आफन्तबाटै भएको प्रहरी तथ्यांक छ।

यस्तै, छोराबुहारी मिलेर विगत चार वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिुशुको हत्या गरेको, यस्तै, आमाले २४ जना वयस्क छोरा छोरीको हत्या गरेको प्रहरीको विगत चार वर्षको तथ्यांकले देखाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.