मास्क र स्यनिटाइजर कालोबजारी गर्ने तीन जना पक्राउ
सांकेतिक तस्वीर
कमठमाडाैं । नेपाल प्रहरीले मास्क र स्यानीटाइजर बढी मूल्यमा बिक्रीगर्ने तीन जनालाई पक्राउ गरेको छ ।
महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाईरसबाट बच्न सरकारले अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नु भनी विभिन्न संचार माध्ययमबाट नागरिकहरुलाई पटक–पटक आग्रह गरिरहेको छ । प्रहरिले काठमाण्डौ उपत्यकाभित्र नै यस्ता सामग्रीको अनुचित व्यापार गर्ने तीन जनालाई पक्राउ गरेको हो ।
यस अघि सहज रुपम पाइने मास्क, सेनिटाईजर जस्ता सामानहरु उत्पादन गर्ने उद्योग, व्यवसायीहरुले कृत्रिमअभाव गराइरहेका छन। मूल्यवृद्धी गराएर अनुचित नाफा लिई विक्रीवितरण गर्ने गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले मंगलबार दिउँसो काठमाडाैंको विभिन्न स्थानहरुबाट पर्साका रुपेश रौनियार, नुवाकोटका पुरुषोत्तम अधिकारी र अर्घाखाँचीकी मिना घिमिरेलाई पक्राउ गरेको हो।
उनिहरुको साथबाट ११ हजार ४ यस ५५ थान मास्क, १५ सय ५ बोतलत सेनिटाईजरका साथै खरिद बिक्रीको बिलहरु सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजना बिरुद्ध कालोबजारी तथा अन्य केही सामाजिक अपराध कसुरमा आवश्यक कारवाहीको लागि बुधवार महानगरीय प्रहरी परिसर काठमाडाैंमा पठाईएको छ ।







डिसी नेपाल








Facebook Comment