अनुसन्धान विभागका कर्मचारीको उमेरहद ६० वर्ष कायम

डिसी नेपाल
५ चैत २०७६ १८:५९

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम गर्ने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा विभागका कर्मचारीहरुको उमेरहद ६० वर्ष कायम गर्ने सहमति जुटेको हो ।

नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा उक्त सहमति जुटेको हो । उक्त प्रावधान लागु हुन भने अझै १ वर्ष कुर्नुपर्नेछ ।

समिति सभापति परशुराम मेघी गुरुङले २०७८ साउनबाट मात्रै उक्त प्रावधान लागु हुने बताए । सभापति गुरुङले विशिष्ठ श्रेणी एउटै तहमा ४ वर्ष र प्रथम श्रेणीको एउटै तहमा ६ वर्ष सेवा अवधि तोक्ने विषयमा पनि सहमति भएको बताए ।

विधेयकका अन्य प्रावधानहरुमा छलफल गर्न बिहीबार पनि समितिको बैठक बोलाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.