निर्भयाका दोषीलाई भोलि बिहान फाँसी दिइँदै, जल्लादले बताए भित्र के–के गरिनेछ ?
नयाँ दिल्ली। २०१२ को बहुचर्चित निर्भया काण्डका ४ जना दोषीहरुलाई भोलि बिहान फाँसी दिइँदैछ । फाँसी दिनको लागि पवन जल्लाद दिल्ली पुगिसकेका छन् । उनी तिहाड जेलमा छन् । अब चारैजना दोषीसँग कुनै पनि कानुनी विकल्प बाँकी नरहेकोले भोलि उनीहरुलाई फाँसी दिइने निश्चितजस्तै छ । चारैजनाले दिल्ली हाइकोर्ट र पटियाला हाउस कोर्टमा फाँसी रोक्न आवेदन दिएका छन् जसको सुनुवाइ आज हुँदैछ । तर, यो सुनुवाइमा निवेदन खारेज हुने सम्भावना उच्च छ ।
फाँसी दिने पवन जल्लादले एक भारतीय मिडियासँग कुरा गर्दै फाँसीको प्रक्रियाबारे बताएका छन् । पवनका अनुसार फाँसीको समयभन्दा १५ मिनेट पहिले फाँसी घरमा गइन्छ । कैदीलाई फाँसी घरमा लैजाने बेला हातमा हथ्कडी लगाइन्छ वा हातलाई पछाडि बाँधिन्छ । २ सिपाहीले उनलाई समातेर फाँसी घरमा ल्याउँछन् । फाँसी दिने समय फाँसी घरमा ४–५ सिपाही हुन्छन् । उनीहरुले कैदीलाई फाँसीको तख्तामा उभ्याउँछन् । उनीहरु केही पनि बोल्दैनन् केवल इशारामा काम हुन्छ ।
फाँसी दिन १० देखि १५ मिनेट लाग्छ । कैदीको हातसँगै खुट्टा पनि बाँधिन्छन् । अनुहार ढाकिने गरी टाउकोमा कालो कपडा राखिन्छ । त्यसपछि घाँटीमा फाँसीको फन्दा कसिन्छ । त्यसपछि जल्लाद लिभरनजिक पुग्छन् र जेल अधीक्षकलाई बुढी औंला देखाएर आफ्नो काम पूरा भएको जानकारी दिन्छन् । त्यसपपिछ जेल अधीक्षकको इशारापछि लिभर तानेर कैदीलाई फाँसीमा झुण्ड्याइन्छ । १० देखि १५ मिनेटमा कैदीको शरीर शान्त हुन्छ । त्यसपछि डाक्टर कैदीको शरीर नजिक गएर जाँच गर्छन् । डाक्टरले मृत्युको पुष्टि गरेपछि सिपाहीले शवलाई फन्दाबाट निकाल्छन् ।







डिसी नेपाल








Facebook Comment