अस्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध

डिसी नेपाल
६ चैत २०७६ १२:३७

काठमाडौं। अस्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । शुक्रबारदेखि अस्ट्रेलियामा नागरिक तथा स्थायी बासिन्दा बाहेक अरुले प्रवेश गर्न नपाउने प्रधानमन्त्री स्कट मोरिसनले घोषणा गरेका छन् । यो नियम स्थानीइ समयअनुसार शुक्रबार बेलुकी ९ बजेदेखि लागू हुनेछ ।

अस्ट्रेलियामा कोरोना भाइरस देखिएकामा ८० प्रतिशत विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरु छन् । अस्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित राख्न यो निर्णय लिएको हो । विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन तर एक सय बढी जम्मा हुने भित्री गतिविधिहरु र पाँच सयभन्दा बढी जम्मा हुने बाहिरी गतिविधि बन्द गर्न आदेश दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.