हेलमेट लगाएर बलिङ गर्ने खेलाडीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं । न्युजिल्यान्ड र क्याटबरीका बलिङ अलराउन्डर एन्ड्रयु एलिसले सबैखाले क्रिकेटबाट सन्यास लिएका छन । सन २००२ मा घरेलु क्रिकेट बाट सुरुवात गरेका एलिसले न्युजिल्यान्डका लागी २० अन्तराष्ट्रिय खेल खेलेका थिए तर पछिल्लो सात बर्ष देखी उनी टिममा स्थान बनाउन असफल थिए । एन्ड्रयु एलिस हेलिमेट लगाएर बलिङ गर्ने खेलाडीका रुपमा प्रख्यात छन, उनले धेरै पटक बलिङ गर्दा हेलिमेट लगाएर बलिङ गरेका थिए ।
एकपटक घरेलु खेलमा बलिङ गर्दा एलिसले फालेको बल ब्याटसम्यानले हिर्काउदा बल उनको टाउकोमा लागेर छक्का भएको थियो त्यसपछि उनी हेलमेट लगाएर बलिङ गर्थे । न्युजिल्यान्डका लागी १५ एकदिवसीय ५ टि २० अन्तराष्ट्रिय खेलेका एलिसको घरेलु खेलमा राम्रो प्रर्दशन रहेको छ । एलिस न्युजिल्यान्डका लागी १०० भन्दा बढी फस्र्ट क्लास, लिस्ट ए र टि २० खेल्ने दोस्रो खेलाडि पनि हुन् । एलिसले १०६ फस्र्ट क्लास, १३३ लिस्ट ए र १२७ टि २० म्याच खेलेका छन तर दूर्भाग्य उनले एक पटक पनी देशलाई प्रतिनिधित्व गर्दै टेस्ट खेल्ने मौका पाएनन ।
WICKET | Andrew Ellis strikes second ball and breaks the partnership. @ndcricket are now 73/2 after 11. #wearecanterbury #cricketnation #fordtrophy pic.twitter.com/rUas1YbkDj
— Canterbury Cricket (@CanterburyCrick) November 27, 2019
करिब १० बर्ष घरेलु क्रिकेटमा संघर्ष गरेपछि सन २०१२ मा उनले अन्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने मौका पाएका थिए । तर कहिले खराब प्रदर्शन कहिले खराब फिटनेशका कारण उनी टिम भित्र बाहिर भईरहे । क्रिकईन्फोको रिपोर्ट अनुसार एन्ड्रयु एलिसको पाँच पटक लोअर ब्याकमा फ्य्राक्चर भएको थियो र उनले सन २०१० मा सर्जरी गराएका थिए । जिम्बाब्वे विरुद्ध सन २०१२ मा उनले एकदिवसीय डेब्यु गरेका थिए ।







डिसी नेपाल








Facebook Comment