अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्ने एक जना भारतीय पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं । अवैधरुपमा अन्तर्राष्ट्रिय एसएमएसलाई बाईपास गर्ने एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको पश्चिम बंगालका ३५ वर्षीया प्रशान्त साहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनि काठमाडौं महानगरपालिका २५ नरदेवीमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।
सरकारबाट कुनैपनि अनुमति नलिइ अन्तर्राष्ट्रिय एसएमएसलाई वाइपास गरेको छ भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले साहलाई कार्यस्थलबाट नै पक्राउ गरेको हो ।
साहको साथबाट ६४ पोर्टको जिओआईपी गेटवे २ थान, राउटर २ थान, ल्यापटप १ थान, ब्याट्री १ थान, इन्भर्टर १ थान, गेटवेको एडप्टर २ थान, नेपाल टेलिकम तथा एनसेलको सिमकार्ड २१५ थान, मोबाइल ६ थान, साहको राहदानी लगायत एसएमएस बाईपासमा प्रयोग हुने बिभिन्न तार र सामाग्री प्रहरीले बरामद गरेको छ ।







डिसी नेपाल








Facebook Comment