कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै श्रीलङ्काद्वारा निर्वाचन नै स्थगित

डिसी नेपाल
६ चैत २०७६ १८:२६

कोलम्बो । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बन्दै गर्दा श्रीलङ्काले आगामी महिनाका लागि तय गरेको संसदीय निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरेको छ । सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालका लागि निर्वाचनलाई स्थगित गर्ने निर्णय लिएको अधिकारीले बताएका छन् ।

“विश्व स्वास्थ्य संगठनले श्रीलङ्कालाई भोलि कोरोनाभाइरसको सङ्क्रमणको खतरा नरहेको बताएपनि हामीले निर्वाचनलाई तोकिएको समय (अप्रिल २५) मा सम्पन्न गर्न सक्दैनौँ,” निर्वाचन आयोगका प्रमुख महिन्दा देशाप्रियाले बिहीबार बताए । उनले भने, “निर्वाचन मे, जुन वा जुलाईमा कहिले गर्ने भन्ने बिषय कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रम कहिलेसम्म जारी रहन्छ भन्ने बिषयमा निर्भर रहन्छ ।”

श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाई बहुमतका साथ संसदमा आउने विश्वाससहित यसबाट आफुलाई थप शक्तिशाली बनाउन सविधान संशोधनको अपेक्षा गरिरहेका अनुमानहरू स्थानीय राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

कोरोना भाइरसका कारण विश्वव्यापी सन्त्रास फैलिएपनि श्रीलङ्कामा भने यसको सङ्क्रमण पुष्टि भएका ५३ व्यक्ति मात्र रहेका छन् । सरकारले यो हप्तादेखि अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द (लकडाउन) गरेको छ भने संवेदनशील मानिएका करिब आठ लाख ५० हजार नागरिकलाई अतिआवश्यक काममा बाहेक आफ्नो घरबाट बाहिर नजान निर्देशन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.